हाम्रोबारे

आदर्णीय पाठकवृन्द ।

नेपाली मन्च डट कम विश्वभर छरिएर रहेका नेपालीहरुको साझा मन्च हो जहां आफ्ना मनका कुरा अभिव्यक्त गर्न र आफ्ना विचार स्पष्ट प्रस्तुत गर्न सकिन्छ । तपाई जहां भए पनि आफ्नो विचार, विमर्श, खवर र तश्विरहरु यस मन्च मार्फत प्रस्तुत गर्न सक्नु हुन्छ । विश्वभर रहेका नेपालीहरुलाई समेट्नु नै नेपाली मन्चको पहिलो उद्देश्य हो भन्न पाउंदा हामी अत्यन्त गौरवान्वित छौ ।

यद्यपि, हामी अझै पहिलो चरणमा छौ । साइट निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । तसर्थ हामीलाई तपाइहरुको सल्लाह, सुझाव अनि मार्ग निर्नेशनको खांचो सदैव रहनेछ ।

यस साइटमा तपाईका विचार विमर्श लगायत नेपालका खवर, लेख रचना, सुचना जानकारी मात्र नभएर अडियो भिडियो पनि समेट्ने प्रयाश हाम्रो रहनेछ ।

साइट भ्रमणको लागि यहांलाई धन्यबाद ।

यदि तपाई हामी संग सल्लाह सुझाव बांड्न चाहनु हुन्छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ ।